• २०८१ असोज ११ शुक्रबार

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

kharibot

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो ।

बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै