• २०८१ असोज ९ बुधबार

एशियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

kharibot

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार सम्पन्न खेलमा उज्बेकिस्तानले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो ।  नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो ।

समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ ।

अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।

अब नेपालले शुक्रबार बहराइनसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै