• २०८१ असोज ९ बुधबार

युएईमाथि अमेरिकाको फराकिलो जित, लिग-२ मा दोस्रो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १३६ रनले पराजित गरेको हो । अमेरिकाले दिएको ३४० रनको लक्ष्य पछाएको युएईले ३६.२ ओभरमा अल आउट हुदै २०३ रन बनाएपछि अमेरिका १३६ रनले विजयी भएको छ ।

युएइका लागि राहुल चोपराले ५२, असिफ खानले ५१ र बसिल हमीदले ५० रन बनाएका थिए । त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्कर र नोस्थुश केनजिगेले ३-३ विकेट लिएका थिए । त्यस्तै जसदीप सिंहले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३३९ रन बनाएको थियो । अमेरिकाका लागि मिलिंद कुमारले अविजित १५५ रन बनाएका थिए । मिलिंदले ११० बलमा १५५ रन बनाए । त्यस्तै सैतेजा मुक्कामल्लाले १०७ रन बनाएका थिए भने समित पटेलले ४८ रन बनाएका थिए ।

यो जितपछि अमेरिकाले लिग- २ मा छैटौं जित हासिल गरेको छ । अमेरिकाको ८ खेलमा १२ अंक भएको छ र तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै युएईले भने पाँचौं हार बेहोरेको छ । युएईले ६ खेलमा २ अंकसहित पुछारमा रहेको छ ।
       
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै