• २०८१ असोज ७ सोमबार

लामिछानेलाई पक्राउको तयारीपछि पार्टी कार्यालयमा कार्यकर्ताको नाराबाजी

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने तयारि गरेपछि पार्टी कार्यलयमा नाराबाजी शुरु भएको छ ।

रास्वपाका कार्यकर्ताहरु भेला भएर बनस्थलीस्थित केन्द्रीय कार्यालयमा नाराबाजी गरिरहेका छन् । पार्टी कार्यालयमा ठुलो संख्यामा सादा तथा बर्दिका सुरक्षाकर्मी परिचालन समेत गरिएको छ ।  

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको  इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई आजै पक्राउ पुर्जी समेत जारी गरिसकेको छ ।

गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै