• २०८१ असोज ४ शुक्रबार

स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक

kharibot

काठमाडौँ । साउदी क्लब अल नासरले स्टेफानो पिओलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अल नासरले पिओलीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

५८ बर्षिय इटालियन प्रशिक्षक पिओली यस अघि २०१९ देखि गत मे सम्म इटालियन क्लब एसी मिलानको प्रशिक्षक थिए । उनले मिलानलाई २०२१-२२ सिजनमा इटालियन सिरी ए जिताएका थिए । उनले आफ्नो प्रशिक्षण क्यारियरमा इन्टर मिलान, लाजियो, फियोरेन्टिना जस्ता क्लबको प्रशिक्षक बनेका थिए । 

अल नासरले यस सिजनमा क्लबले खराब शुरुवात गरेपछि मुख्य प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै