• २०८१ असोज ४ शुक्रबार

संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री सहभागी

kharibot

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका हुन् । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीले स्वागत गरेका थिए भने केहिले बालेनको नाम लिएर हुटिंग गरेका थिए । उक्त कन्सर्ट आज दिउँसो ४ बजेदेखि सञ्चालित छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै