काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको आजको भेटवार्तामा प्रभावकारी सरकार सञ्चालनका बारेमा छलफल भएको बताइएको छ ।
त्यस्तै, भेटवार्तामा सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादन तथा जनतामा देखिएको निराशालाई चिर्ने गरी काम गर्न नसक्ने मन्त्रीहरुबारे पुनर्विचार गर्नेबारेमा समेत छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।