• २०८१ असोज १ मंगलबार

कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद छैन- देउवा

kharibot

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद नरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले व्यवस्था जोगाउने विषयमा कांग्रेस र एमालेबीच कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् ।

उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि मुलुकका साझा एजेण्डामा दुई दलबीच मतभेद नरहेको बताएका हुन् ।

सभापति देउवाले देशको अवस्था चुनौतीपूर्ण रहेको बताउँदै यसको प्रभाव कर्मचारीमा परेको बताए । सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरुलाई आग्रह गर्दै सभापति देउवाले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि मुलुकका साझा एजेण्डामा दुई दल एक ढिक्का हुने स्पष्ट गरे ।

उनले भने- 'अहिलेको बेला चुनौतीपूर्ण अवस्था पनि छ । चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरूको अझ बढी जिम्मेदारी छ । कहाँ चुनौती छन् सबैले बुझ्नु भएकै होला । प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनुछ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमाले पार्टीसँग कांग्रेस र कांग्रेस पार्टीसँग एमालेको होलान् । तर, एउटा कुरामा यो बहुदलीय  प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा दुई पार्टीका बीच कुनै मतभेद छैन । खास-खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले कुनै विवाद छैन।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै