• २०८१ असोज १ मंगलबार

एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

kharibot

पोखरा । गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ ।

कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो । एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ ।

एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउदै छ ।

आजै एमालेका मन्त्रीहरुले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै