• २०८१ असोज ४ शुक्रबार

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले यस सिजनमा लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै