• २०८१ भदौ ३० आइतबार

हत्या गरेको अभियोगमा पक्राउ

kharibot

सिराहा । सिराहा नगरपालिका-३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको अभियोगमा धनुषा, धनुषाधाम नगरपालिका-४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित नेपाल आयल निगम लिमिटेडको फिल्ड अप्रेशन रूममा सोही आयल निगममा कार्यरत प्रकाश र राकेश कुमार बिच एकआपसमा विवाद हुँदा प्रकाशले बेल्चा प्रहार गर्दा राकेश कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै