• २०८१ भदौ ३० आइतबार

एम्बाप्पेको जादु चलेन, रियल म्याड्रिड बराबरीमा रोकियो

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लस पालमाससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । लस पलमासले खेलको पाँचौं मिनेटमा नै अल्बेर्टो मोलेरिओको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको ५९औं मिनेटमा रियल म्याड्रिडका भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस सिजनको तेस्रो खेलमा रियल म्याड्रिडको यो दोस्रो बराबरी हो । रियल म्याड्रिडले यससँगै नयाँ सिजनमा औसत शुरुवात गरेको छ । यसै सिजन देखि रियल म्याड्रिडबाट खेलिरहेका किलीयन एम्बाप्पेले अहिलेसम्म आफ्नो प्रभाव देखाउन नसक्दा रियल म्याड्रिड दबाबमा देखिएको छ ।

यो बराबरीपछि रियल म्याड्रिडको ३ खेलमा ५ अंक भएको छ भने लस पलमासको ३ खेलमा २ अंक रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै