Skip This
  • २०८१ असोज २ बुधबार

नोट्टीङघमसँग लिभरपुल स्तब्ध

kharibot

काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा नोट्टीङघम फोरेस्टसँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघमले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नोट्टीङघमको जितमा खेलको ७२औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लिभरपुलको घरेलु मैदानमा पछिल्लो ५५ बर्षमा नोट्टीङघमले २५औं खेलमा पहिलो जित हासिल गरेको हो ।

नोट्टीङघमको यस सिजनमा यो दोस्रो जित हो । चार खेलमा २ जित र २ बराबरी खेलेको नोट्टीङघमको ८ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यस सिजनको चौथो खेलमा पहिलो हार बेहोरेको लिभरपुलको ९ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै