• २०८१ भदौ ३० आइतबार

लुकाकुले गरे नापोलीमा औपचारिक सम्झौता

kharibot

काठमाडौँ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब नापोलीले भित्र्याएको छ ।

नापोलीले लुकाकुलाई ३० मिलियन युरोमा भित्र्याएको औपचारिक घोषणा गरेको छ । लुकाकुले नापोलीसँग तीन बर्षको सम्झौता गरेका छन् । लुकाकुले एक बर्षमामा नापोलीमा करिब ८ मिलियन युरो पारिश्रमिक पाउने गरि सम्झौता गरेका छन् ।

हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।

चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछी उनले नापोलीसँग तीन बर्षको सम्झौता गरेको बताइएको छ । गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै