• २०८१ भदौ ३० आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

प्युठान । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा सुनिल स्मृति गाउँपालिका-४ कोईरालखर्क बस्ने २१ वर्षीय सरोज विकलाई प्रहरीले पक्राउ गरेको छ ।

सरोजले ती किशोरीलाई स्वर्गद्वारी नगरपालिका-२ हाम्जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७ गते साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट खाल र जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै