• २०८१ भदौ ३० आइतबार

भीम रावलको प्रश्न- टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने की दमनमा उत्रिने ?

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।

उनले भनेका छन्- 

टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो । 

जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी । जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै