• २०८१ असोज १ मंगलबार

जय शाह आइसीसीको अध्यक्षमा निर्बिरोध निर्वाचित

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उनको कार्यकाल आउदो नोभेम्बरसम्मका लागि मात्र थियो । अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सम्हाल्ने छन् ।

अध्यक्षमा निर्वाचित भएपछि शाहले क्रिकेटलाई अझ बढी लोकप्रिय बनाउन काम गर्ने बताएका छन् । शाहको कार्यकाल दुई बर्षको हुने छ भने उनी तीन पटकसम्म अध्यक्ष हुन पाउने नियम रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै