• २०८१ भदौ ३० आइतबार

मर्स्याङ्दी नदीमा खसेको बस निकालिदै, सडक १० बजेसम्म बन्द

kharibot

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टाका लागि पूर्ण रूपमा बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिने जानकारी दिएको थियो ।

शुक्रबार ऐनापहरा नजिकै मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गरिएको छ ।

दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गरिएको हो । बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै