• २०८१ असोज २ बुधबार

निश्चल बस्नेतले नयाँ फिल्म 'डेनी डेन्जरस' निर्देशन गर्ने

kharibot

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन् ।

बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ ।

निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा भने जानकारी गराइएको छैन । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै