• २०८१ भदौ ३० आइतबार

सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु

kharibot

काठमाडौँ । सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु भएको छ । गत वर्षको तुलनामा यस वर्ष मृत्यु हुनेको संख्या अझ डरलाग्दो हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले सो जानकारी दिएको हो ।

ओसीएचएका अनुसार २०२३ मा ३३ देशमा २८० सहायताकर्मीको मृत्यु भएको थियो । जबकी २०२२ मा ११८ जनाको मृत्यु भएको थियो ।

अक्टोबरमा सुरु भएको इजरायल-गाजा युद्धको पहिलो तीन महिनामा सहायताकर्मीहरूको आधाभन्दा बढी मृत्यु भएको थियो । यसमा पनि हवाई हमलामा अधिकांश सहायताकर्मी मारिएका छन् । तीमध्ये अधिकांश संयुक्त राष्ट्र संघको एजेन्सी युएनआरडब्लुएका सदस्य थिए ।

यस बर्ष अगस्त ७ सम्म १७२ सहायताकर्मीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेर्रेसले सुडानसहित अन्य देशहरुमा सहायताकर्मीमाथि आक्रमण भएको बताउदै उनीहरुको हत्या गरिएको घाइते बनाइएको र अपहरण समेत गरिएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै