• २०८१ कार्तिक ९ शुक्रबार

मन्त्रीहरुलाई गगन थापाको सुझाव- भदौ महिना भरि नबोल्ने व्रत लिनु !

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरुलाई सार्बजनिक रुपमा नबोल्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै मन्त्रीहरुलाई भदौ महिना भरि सार्बजनिक रुपमा नबोलेर काममा ध्यान दिन सुझाव दिएका छन् ।

उनले हरेक दिन मन्त्रीहरुले विकासका काम गर्छौं भनेर भाषण सुनिरहेको बताउदै अहिले भाषण होइन काम गर्ने समय भएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सरकारको काममा ध्यान दिन सुझाव दिदै आफुहरुलाई सधैका लागि ग्यारेन्टीको रुपमा नलिन चेतावनी समेत दिएका छन् ।

उनले भने -'यो सरकारले डेलिभरी गर्ने पर्छ । डेलिभरी गर्न हामीहरु सरकारलाई मद्दत गर्न तयार छौं । तर संगसँगै डन्ट टेक अस ग्यारेन्टेड, यहाँ बसेर टाउको गनेर सबै हाम्रा सांसद हुन् भनेपछि थपडी बजाउछन् भनेर नलिइयोस् ।'

सांसद थापाले कामबाट परिणामबाट आधार निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन संबिधान संशोधन गर्ने सरकारको पहललाई आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै