• २०८१ असोज १३ आइतबार

बैंकले जफत गर्यो अभिनेता राजपाल यादवको करोडौंको सम्पत्ति

kharibot

काठमाडौँ । बलिउड अभिनेता राजपाल यादवको करोडौंको सम्पत्ति बैंकले जफत गरेको छ ।

यो मामला सन् २०१२ मा रिलिज भएको अभिनेताको फिल्म ‘अता पता लपता’ सँग सम्बन्धित रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यो फिल्मलाई राजपालले निर्देशन गरेका थिए भने उनकी पत्नी राधा यादव निर्माता थिइन् ।

फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । अब ऋण तिर्न नसकेपछि बैंकले शाहजहाँपुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौंको सम्पत्ति जफत गरेको छ ।

मुम्बईबाट सेन्ट्रल बैंक अफ इन्डियाका अधिकारीहरू दुई दिन अघि शाहजहाँपुर पुगेका थिए । राजपालको सम्पत्तिमा बैंक ब्यानर टाँसिएको थियो । ब्यानरमा यो सम्पत्ति भारतको केन्द्रीय बैंक मुम्बईको भएको र यसमा कुनै पनि प्रकारको खरिद बिक्री गर्न नपाइने उल्लेख रहेको बताइएको छ । सोमबार बिहान सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईका अधिकारीहरू पुगेर उक्त सम्पत्ति कब्जामा लिएका थिए ।

यसअघि सन् २०१८ मा पनि यस मुद्दामा राजपालले ३ महिना जेल परेका थिए । दिल्लीस्थित कम्पनी मुरली प्रोजेक्ट्सले राजपाल यादवको कम्पनी श्री नौरङ गोदावरी इन्टरटेनमेन्टविरुद्ध सिभिल मुद्दा दायर गरेको थियो । राजपालले सन् २०१० मा यो ऋण लिएका थिए । यस विषयमा राजपालको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै