• २०८१ असोज १३ आइतबार

बाराको कोल्हवीमा करोडौंको लागतमा एकीकृत भवन निर्माण हुँदै

kharibot

रौतहट । बाराको कोल्हवी नगरपालिका स्थित करोडौंको लागतमा कृषि तथा पसु सेवाको लागि एकिकृत भवन निर्माण सुरु भएको छ ।

कोल्हवी १ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर राम प्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले सयुक्त रुपमा बिधिवत पुजा पाठ गरि उक्त भवनको शिलान्यास गरेका छन ।

आर्थिक करिडोर कार्यालय(रिड)वर्दिवास,महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैया २७ पैसाको आर्थिक सहयोगमा उक्त भवन सि.एम कन्स्ट्रक्सन जोरपाटी काठमाडौले निर्माण गर्ने ठेक्का पाएको छ ।

करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत उक्त भवन निर्माण गर्न लागेको पशु सेवा कार्यालय कोल्हविका प्रमुख शम्भु पनुहरले  जानकारी दिएका छन। ठेकदार कम्पनीले आगामी ७ महिना भित्र भवन निर्माणको काम पूरा गर्ने सम्झौता गरेको छ। भवन निर्माण पछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरुलाई  सहज हुने वडा १ का अध्यक्ष राजहरण चौधरीले खुसी व्यक्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै