• २०८१ भदौ २३ आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नीको नक्कली शैक्षिक प्रमाणपत्र, दोषी ठहर

kharibot

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

बिहीबार विशेष अदालतका न्यायाधीशत्रय अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

गीताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षको जागिर खाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीको आधारमा छानविन गरी गीताविरुद्ध मुद्दा दायर गरेको थियो । उनी धनगढीस्थिति शिव माविमा शिक्षिका थिईन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै