• २०८१ असोज १ मंगलबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव देखिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा कूल ५२ सदस्यीय रहेको छ । नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसदको समर्थनमा सरकारको दाबी पेश गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै