• २०८१ कार्तिक ६ मंगलबार

संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन- ओली

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् । 

बुधबार पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै संविधान संशोधनको लागि आयोग बनाउने सहमति नभएको बताएका हुन् ।

उनले भने- 'त्यस्तो कुनै आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितको संवर्द्धन गर्नका निम्ती र समृद्ध नेपाल, सुखी नेपाली बनाउनको निम्ती जे आवश्यक हुन्छ, त्यो संशोधन गर्ने हो ।'

अध्यक्ष ओलीले संविधान गतिशील दस्ताबेज रहेको बताउँदै उनले समयानुकूले संशोधन र परिमार्जन आवश्यक हुने बताए । उनले अहिले संविधानका कुन–कुन विषय संशोधन गर्ने भन्नेबारे निष्कर्षमा पुग्न बाँकी रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै