• २०८१ बैशाख १७ सोमबार

भाइबरले ल्यायो तीव्र आकस्मिक सेवाका लागि नेपाल एम्बुलेन्स सर्भिस हट–लाइन

kharibot

काठमाडौँ । नेपाल एम्बुलेन्स सर्भिस एक मुनाफारहित सेवा प्रदायक संस्था हो, जसको स्थापना देशभित्र आकस्मिक उपचार आवश्यक भएकाहरुका लागि तत्काल सेवा प्रदान गर्ने उद्देश्यले भएको हो ।

एनएएसले हरेक एक रोगीका लागि तीव्र रफ्तारको सवारी साधन एवं उपचार प्रति आश्वस्त गराउनकेन्द्रिकृत परिवहन सुविधामार्फत्सुविधासम्पन्न उपकरण र स्टाफहरुको साथमा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।

अहिले एनएएसको सेवा लिन चाहनेले नेपाल टेलिकमको मोबाइल वा पिएसटिएन सेवा मार्फत् इमर्जेन्सी नम्बर १०२ मा कल गर्नु पर्ने व्यवस्था रहेको छ । देशमा तीव्र गतिमा विकसित भैरहेको इन्टरनेट र स्मार्टफोनहरुसँगैं अब नेपाल एम्बुलेन्स सर्भिस चौबिसै घण्टा सातै दिन भाइबर हट लाइन ९८०१११५१०२ मा जोडिएको छ । अब एम्बुलेन्स सेवा आवश्यक पर्ने हस्पिटलहरु व विरामी जो कोहीले भाइबर नम्बर ९८०१११५१०२ मा सिधै सम्पर्क गरेर यो सेवा लिन सक्नेछन् ।

नेपालमा भाइबर प्रयोग गरिरहेका ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु माझ आकस्मिक उपचार सेवा आवश्यक पर्दा नभै नहुने भाइबर हट लाइन जस्तो महत्वपूर्ण सेवा प्रस्तुत गर्न पाएकोमा हामी अत्यन्त हर्षित भएका छौं । हामी सदैव नयाँ र नवीनतम् उपायहरुको माध्यमबाट स्थानीय समुदायहरुलाई साथ दिने प्रयासमा रहँदै आएका छौं । भाइबरको दक्षिणपूर्वी एशिया क्षेत्रमा व्यापार विस्तार एवं विकास प्रमुख अनुभव नइएरले सेवा प्रस्तुत गर्दै भने ।

सोही अवसरमा एनएएसको तर्फबाट अमितले भने, ‘यो सेवाले हामीलाई अझ धेरैजनाको सम्पर्कमा आउन मद्दत पुग्नेछ, खास गरेर कम मोबाइल नेटवर्क भएका क्षेत्रका विरामीहरुको  हकमा । अझ मुख्यतः, हामी एनएएस भाइबरसँगको साझेदारीबाट भविष्यमा नेपालका नागरिकहरुको सेवामा सहयोग पुग्ने अन्य महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन प्रयासरत रहनेछौं ।’

 

 

 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै