• २०८१ कार्तिक ६ मंगलबार

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

kharibot

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । १५ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना योसहित ३० पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ ।

फाइनल खेल जुलाई १५ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै