• २०८१ असार २४ सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

काठमाडौँ । धनकुटा र सल्यानबाट जबरजस्ती करणी गरेको आरोपमा एक एक जना पक्राउ परेका छन् । 

धनकुटामा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ३० वर्षीय पुन्टे भन्ने प्रताप तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै सल्यानमा ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-३ टोट्के बस्ने ४३ वर्षीय टोप बहादुर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको १ थान भरूवा बन्दुक समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै