• २०८१ असार २३ आइतबार

जापान सरकारले अन्ततः बन्द गर्यो फ्लपी डिस्क प्रयोग

kharibot

काठमाडौँ । जापान सरकारले अन्ततः आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग गर्न बन्द गरेको छ ।

जापान सरकारले विगत दुई दशकदेखि फ्लपी डिस्क प्रयोग गर्दै आएको र लामो समयदेखि यसको प्रयोगमा प्रतिबन्ध लगाउन कर्मचारीतन्त्रमा पहल भइरहेको थियो । गत महिना, जापानी सरकारले आफ्ना सबै १०३४ नियामक निकायहरूमा डिसकोर्ड प्रयोग गर्न बन्द गरेको जनाएको छ ।

जापानका डिजिटल मन्त्री तारो कोनोले भनेका छन्, ‘हामीले २८ जुनमा फ्लपी डिस्कविरुद्धको युद्ध जित्यौँ’।'  तारो कोनो विशेष गरी सरकारी प्रणालीमा फ्याक्स मेसिन र एनालग प्रविधिको प्रयोगको विरुद्धमा आवाज उठाइरहेका छन् । जापानमा २०२१ मा कोरोना महामारीको बेला डिजिटल एजेन्सी गठन भएको थियो । देशभर परीक्षण र खोप लगाउन थालेपछि सरकारले पुरानै ढाँचा पछ्याइरहेको र त्यहाँ पुरानै प्रविधिको प्रयोग भइरहेको खुलेको छ । 

कोनोले सरकारी प्रणालीलाई आधुनिकीकरण गर्न माग गर्दै आएका थिए । यसअघि कोनोले रक्षा र परराष्ट्र मन्त्रालयसँगै कोभिड भ्याक्सिन सञ्चालन गर्ने अभियानको पनि नेतृत्व गरिसकेका छन् । यद्यपि, जापानको डिजिटलाइजेसन प्रयासले धेरै अवरोधहरू सामना गर्यो । एक कन्ट्याक्ट ट्रेसिङ एप महामारीको समयमा असफल भयो र सरकारको माई नम्बर डिजिटल परिचय पत्र पनि बारम्बार डाटा ग्लिचहरूको बीचमा अपेक्षित भन्दा ढिलो भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै