• २०८१ असार २१ शुक्रबार

कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा

kharibot

काठमाडौँ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो । क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र उरुग्वे रहेका छन् ।

त्यस्तै चिली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छ भने भेनेजुएलाले क्यानडाको सामना गर्ने भएको छ । त्यस्तै कोलोम्बियाले पानामाको सामना गर्ने छ भने उरुग्वेले ब्राजिलको सामना गर्ने भएको छ ।

क्वाटरफाइनलका खेलहरु जुलाई ५ देखि शुरु हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै