• २०८१ असार २२ शनिबार

रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा, छलफलपछि महामन्त्रीको प्रतिवेदन सार्बजनिक हुने

kharibot

काठमाडौँ । रास्वपा केन्द्रीय समिति (रास्वपा) को केन्द्रीय समितीको बैठकमा महामन्त्री डा. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी रहेको छ ।

सहप्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ७० प्रतिशत सदस्यले प्रतिवेदनमाथि आफ्नो मत राखेका छन् । झाले प्रतिवेदनमाथिको छलफल पश्चात प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् ।

साथै अहिले मिडियामा सार्वजनिक भएको भनिएको प्रतिवेदन, महामन्त्रीले सभापतिलाई भुझाएको प्रतिवेदन भन्दा फरक रहेको समेत झाले बताए ।

बुधबार बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले सबैको ध्यान केन्द्रित गरेका थिए । उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको विषय बैठकले अस्वीकार गरेपछि मुखमा कालो टेप लगाएर बैठकमा बसेका थिए । जुन तस्बीर सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।

साथै ढकालले बैठकमा प्रस्तुत गर्न खोजेको प्रस्ताव सभापति रबि लामिछानेले पेश गर्न नदिएको आरोप समेत उनले लगाएका छन् । महामन्त्रीले मुखमा कालो टेप लगाएर बसेपछि उनले तयार गरेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै