• २०८१ असार २१ शुक्रबार

प्रतिनिधिसभाको सचिवमा नियुक्त अधिकारीले लिए शपथ

kharibot

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । 

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै