• २०८१ असार १६ आइतबार

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले मेक्सिकोलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेर क्वाटरफाइनलमा पुगेको हो ।

मेक्सिकोविरुद्धको जितमा खेलको ५७औं मिनेटमा सालोमोन रोनडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले पेनाल्टी मार्फत गोल गरेका थिए ।

यो जितपछि २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । त्यस्तै मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।

अब भेनेजुएलाले समुह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोहि दिन इक्वेडरसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै