• २०८१ असार १७ सोमबार

लेबनानमा हुने महिला फुटबल प्रतियोगितामा नेपाल सहभागी नहुने

kharibot

काठमाडौँ । नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा भाग नलिने निर्णय लिएको जनाएको छ ।

जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा हुने भनिएको सो प्रतियोगिताका लागि एन्फाले २२ सदस्यीय महिला टिमको घोषणा समेत गरिसकेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै