• २०८१ असार १५ शनिबार

डेभिड वार्नरको सन्यास

kharibot

काठमाडौँ । अस्ट्रेलिया टी- २० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए ।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन् ।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए । उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए ।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी- २० डेभ्यु गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी- २० लिग भने खेल्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै