• २०८१ असोज १२ शनिबार

‘इन्डियन २’ मा अभिनयको जादु देखाउने तयारीमा कमल हसन

kharibot

काठमाडौँ । बलिवुड अभिनेता कमल हसन अहिले नयाँ फिल्म इन्डिया २ का कारण चर्चामा छन् । यो वर्ष उनका दुई ठूला फिल्म एकपछि अर्को रिलिज हुँदैछन् । उनी यसै वर्ष ‘कल्की २८९८ एडी’ र ‘इन्डियन २’ मा देखिदैछन् ।

दुवै फिल्मको रिलिज मितिमा एक महिनाभन्दा कमको अन्तर छ । यस्तो अवस्थामा उनका फ्यानहरुका लागि यो कुनै उपहार भन्दा कम छैन, जसमा उनीहरुले आफ्नो मनपर्ने अभिनेताको लगातार दुई फिल्म हेर्न लागेका छन् । ‘इन्डियन २’ यस वर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक हो, जसको बारेमा अहिले ठूला जानकारी बाहिर आएको छ ।

कमल हसन आजकल 'कल्कि २८९८ एडी' मा आफ्नो भूमिकालाई लिएर निकै चर्चामा छन्। हालै फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ, जसमा उनको लुकको निकै तारिफ भइरहेको छ । पछिल्लो ट्रेलरमा उनले बोलेको एक लाइन संवादले फिल्मलाई लिएर दर्शकको उत्साह झनै बढाएको छ । अब अभिनेता अब छिट्टै आफ्नो अर्को बहुप्रतिक्षित फिल्म इन्डियन-२ जुलाई १२ मा रिलिज हुँदैछ । हालै निर्माण पक्षले फिल्मको ट्रेलर रिलिज मिति घोषणा गरेपछि अभिनेताका फ्यानहरु फिल्म रिलिज हुनुअघि नै हेर्न आतुर छन् ।

‘इन्डियन २’ को निर्माण पक्षले फिल्मको ट्रेलर रिलिज बुधबार सार्वजनिक गर्ने भएको छ । यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुने भएको छ । फिल्ममा कमल हासनसँगै काजल अग्रवाल, सिद्धार्थ, बबी सिम्हा, रकुल प्रीत सिंह, प्रिया भवानी शंकर, समुथिरकनीलगायतका कलाकारको पनि अभिनय रहेको छ । लाइका प्रोडक्सन र रेड जायन्ट मुभिजले निर्माण गरेको यस फिल्ममा अनिरुद्ध रविचन्दरको संगीत रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै