लमजुङ । पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरेभीरमा ठूलो ढुंगागासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको र बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए।