• २०८१ असार ४ मंगलबार

दक्षिण अफ्रिकाले दुई विकेट गुमायो, ऐरी र भुर्तेलले लिए विकेट

kharibot

काठमाडौँ । नेपालले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो विकेट लिएको छ ।

आइसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा टस जितेर बलिङ गरेको नेपालले दक्षिण अफ्रिकाको दोस्रो विकेट लिएको छ ।

नेपालका लागि कुशल भुर्तेलले दोस्रो विकेट लिएका हुन् । उनले दक्षिण अफ्रिकाका कप्तान एडेन मार्क्रमलाई आउट गरेका हुन् । यस अघि ओपनर क्वेंटन डिककलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका थिए ।

यो समाचार तयार गरुन्जेल दक्षिण अफ्रिकाले १२ ओभरमा ६९ रन बनाएर २ विकेट गुमाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै