• २०८१ असार १२ बुधबार

अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित

kharibot

काठमाडौँ । वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाइ १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछाएको अफगानिस्तानले १६.२ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक ३८ रन बनाए भने अज्मतुल्लाह ओमार्जाईले २३ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले सर्बाधिक ३ विकेट लिए भने अकील हुसैन र गुडकेश मोतीले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउदै २१८ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले आक्रामक ब्याटिंग गर्दै ९८ रन बनाएका थिए । त्यस्तै जोन्सन चार्लेजले ४३, कप्तान रोभमन पावेलले २६ र शाइ होपले २५ रन बनाएका थिए ।\

यो जितपछि समुह सी मा वेस्ट इन्डिज चारै खेल जितेर ८ अंकसहित सुपर आठमा पुगेको छ भने अफगानिस्तानले ४ मध्ये ३ खेल जितेर सुपर आठमा पुगेको छ ।

अब जारी विश्वकपमा सुपर आठका खेलहरु हुने छन् । सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन् ।

अब सुपर आठको समुह एक मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

अब सुपर आठको दुई समुहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर आठका खेलहरु जुन १९ देखि हुने छन् ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै