• २०८१ असार १० सोमबार

एकीकृत समाजवादीको महाधिवेशनमा कुन क्षेत्रबाट कति प्रतिनिधि सहभागी हुदै छन् ?

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा १८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधिहरुको संख्या सार्वजनिक गरिएको छ । अध्यक्ष माधव कुमार नेपालले आज अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै प्रतिनिधि र निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अपानि अनुसार,भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् । त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

सार्वजनिक अपानी अनुसार यस महाधिवेशनमा रसुवा र मनाङबाट जम्मा १ जना मात्र प्रतिनिधि छनोट भएर आउनेछन् । रसुवामा जम्मा ६३ जना पार्टी संगठीत सदस्य रहेको हुँदा एक जना खुल्लातर्फबाट महाधिवेशनमा सहभागी हुनेछ । त्यस्तै गण्डकीको मनाङमा एसको ५ जना पार्टी सदस्य रहेका छन् । त्यहाँबाट पनि १ जनानै महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।

प्रदेशगत रुपमा भेन सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि मधेश प्रदेशका हुने छन् । मधेशबाट २९६ जना प्रतिनिधि सहभागी हुनेछन् । मधेश एसका अध्यष माधवकुमार नेपालको गृह जिल्ला हो । त्यस्तै संघीय राजधानीसमेत रहेको बागमतीबाट २०५ जना प्रतिनिधि छनोट हुँदा गण्डकीबाट सबैभन्दा कम ७० जना प्रतिनिधि सहभागी हुनेछन् ।

२०७८ सालमा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले आफू एमालेकै रुप भन्दै एकैपटक आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा १०औं महाधिवेशन गर्दैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै