• २०८१ असार १० सोमबार

मधेशमा मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गर्यौं- माधव नेपाल

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मधेशमा आफ्नो दललाई मुख्यमन्त्रीको प्रस्ताव आउँदा पनि अस्वीकार गरेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलले मधेशमा मुख्यमन्त्री दिने प्रस्ताव गरेपनि संघ र प्रदेशमा एउटै गठबन्धनमा रहनु उचित देखेर अस्वीकार गरिएको बताएका हुन् ।

उनले भने- 'मधेश प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ ।'

उनले केन्द्रमा रहेको सत्ता समीकरण छोड्ने सहि परिस्थिति नरहेको संकेत गरेका थिए । यस अघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीले केन्द्रको समीकरण छोडेमा पार्टी बिभाजन हुने दाबि गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै