• २०८१ असार १० सोमबार

ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन- महासचिव भुसाल

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

पार्टीले आइतबार आयोजना गरेको 'नेपालमा समाजवादी क्रान्ति विषयक' कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गर्दै 
पनि बताए ।

उनले भने- 'एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै