• २०८१ असार ४ मंगलबार

युभेन्टसको प्रशिक्षक बने थियागो मोटा

kharibot

काठमाडौं । थियागो मोटा इटालीयन क्लब युभेन्टसको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । 

युभेन्टसले मासिमिलियानो एलेग्रीलाई हटाएर उनको ठाउमा मोटालाई प्रशिक्षक बनाएको हो । युभेन्टसले एलेग्रीलाई यस अघि नै बर्खास्त गरेको थियो ।

मोटाले युभेन्टसमा २०२७ जुन ३० सम्मको सम्झैतामा हस्ताक्षर गरेका छन् । ४१ वर्षीय मोटा यसअघि इटालीकै अर्को क्लब बोलोग्नाको मुख्य प्रशिक्षक थिए ।

आफ्नो दोस्रो सिजनमै उनले गत बर्ष बोलोग्नालाई इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए । 

ब्राजिल र इटालीको राष्ट्रिय टिमबाट खेलाडीको रुपमा खेलेका मोटाले व्यावसायिक फुटबल बार्सिलोना, पिएसजी, इन्टर मिलान जस्ता क्लबबाट खेलिसकेका छन् । उनले ब्राजिलका लागि २००३ मा २ खेल खेलेका थिए भने त्यसपछि उनी २०११ देखि २०१६ सम्म इटालीका लागि खेलेका थिए । इटालीको राष्ट्रिय टिमबाट ३० खेल खेलेका उनले एक गोल समेत गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै