• २०८१ असार १२ बुधबार

रोमानियाको युरोकपमा विजयी शुरुवात

kharibot

काठमाडौँ । रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ ।

सोमबार राती सम्पन्न समुह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समुह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ । 

अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै