• २०८१ असार १२ बुधबार

वर्षायाममा सडक खन्न नपाइने

kharibot

काठमाडौं । सडक विभागले वर्षायाममा सडक नखन्न सबैलाई आग्रह गरेको छ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

सो कार्यालयले वर्षायाममा कसैलाई सडक खन्न अनुमति नदिने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा उल्लेख छ, “वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनमातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन ।” विज्ञप्तिमा अगाडि भनिएको छ, “कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कडा कारबाही गरिने छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै