• २०८१ असार ४ मंगलबार

धनुषाधाम-१ का वडा अध्यक्षको निधन

kharibot

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम संगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ।

धनुषाधाम नगरपालिका  १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

पेटको आन्द्रामा क्यान्सर रोग बाट ग्रस्त यादवको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै  वडाको दैनिक कामकाज गर्दैआएका उनको अचानक मृत्यु भएको  छ । मृतक यादवको  श्रीमति, एक छोरा र दुई छोरी छन् ।

धनुषाधाम नगरपालिका –१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्तेष्टि  गर्ने तयारी भइरहेको उनको परिवारजनले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै