• २०८१ असार ४ मंगलबार

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

kharibot

काठमाडौँ । चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन् । फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो । उनलाई बैंगलोरले मैसूरको फार्म हाउसबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ ।  स्वामीको शव आइतबार कामाक्षीपल्या नजिकैको नालीमा फेला परेको थियो । 

मृतक रेणुका स्वामी फार्मेसी कम्पनीमा काम गर्थिन् । उनले लामो समयदेखि अभिनेत्री पवित्रालाई आपत्तिजनक म्यासेज पठाउँदै आएका थिए । 

यस वर्षको जनवरीमा पवित्रा गौडाले आफ्नो र दर्शनको सम्बन्धलाई १० वर्ष पूरा भएको सामाजिक सञ्जाल पोस्टमार्फत बताएकी थिइन् । दुवैको एक्स्ट्रा मैरिटल अफेयर चर्चामा थियो ।

४७ वर्षीय अभिनेता दर्शन कन्नड सिनेमाको एक चर्चित अनुहार हुन् । उनी कारिया, कालासिपल्या, गजा, नवग्रह, सारथी, बुलबुल, यजमान, रोबर्ट, कटेरा जस्ता कन्नड भाषाका सुपरहिट फिल्महरूको हिस्सा भइसकेका छन् । उनले ९ पटक उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै