• २०८१ असार १२ बुधबार

हिट फिल्मको खोजीमा अक्षयकुमार

kharibot

काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता अक्षय कुमार बक्स अफिसमा लगतार फिल्म फ्लप भएपछि हित फिल्मको खोजीमा रहेका छन् ।

उनको अघिल्लो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा खराब प्रदर्शन गरेको थियो । यस फिल्मले भारतीय बक्स अफिसमा ५९ करोड मात्र कलेक्सन गरेको थियो । ठुलो बजेटमा बनाइएको बनिएको यो फिल्म फ्लप भएको थियो । यस फिल्मको बजेट साढे ३ सय करोड भारु रहेको बताइएको छ ।

यसअघि उनको २०२३ को अक्टोबरमा रिलिज भएको ‘मिशन रानीगञ्ज’ पनि फ्लप भएको थियो । यस फिल्मले बक्स अफिसमा केवल ३३ करोड मात्र कमाई गरेको थियो । यो फिल्मले पनि आफ्नो लागत उठाउन सकेन । यसको लागत ५५ करोड भारु बताइएको छ । 

त्यसैगरी २०२३ को फेब्रुअरीमा रिलिज भएको फिल्म सेल्फी पनि फ्लप भएको थियो । करिब सय करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा केवल २३ करोड मात्र कमाएको थियो ।

त्यस्तै २०२२ को अक्टोबरमा रिलिज भएको अक्षयकुमारको रामसेतु पनि बक्स अफिसमा फ्लप भएको थियो । १५० करोडको लागतमा बनेको यो फिल्मले केवल ९२ करोड मात्र कमाएको थियो ।

यसरी लगातार फिल्म फ्लप भएपनि उनका नयाँ फिल्म आउने क्रम रोकिएका छैनन् । अक्षय कुमारको आगामी फिल्महरूमा 'सरफिरा', 'खेल खेल में', 'वेलकम टु द जङ्गल' र 'स्काई फोर्स' समावेश छन् । त्यस्तै उनी ‘सिंघम अगेन’ मा पनि देखिनेछन्, तर फिल्म मुख्यतया अजय देवगनको चरित्रको वरिपरि घुम्ने भएकाले यसमा उनको भूमिकाका लागि क्रेडिट पाउने सम्भावना देखिदैन । 

सिरफिरा

‘सरफिरा’ जुलाई 12 मा रिलीज हुनेछ । यो फिल्म सूर्या स्टारर फिल्म ‘सूरराई पोत्रु’ को हिन्दी रिमेक हो । यो फिल्म पनि सुधा कोंगाराले नै निर्देशन गरेकी थिइन् भने हिन्दी रिमेक पनि उनले नै निर्देशन गरेकी हुन् । ‘सराफिरा’ मा अक्षय कुमारसँगै राधिका मदान र परेश रावल पनि देखिनेछन् । यो फिल्मले कमल हसनको ‘इन्डियन २’सँग प्रतिस्पर्धा गर्नेछ ।

खेल खेल मे

अक्षय कुमारको अर्को फिल्म ‘खेल खेल मे’ अगस्त १५ मा रिलिज हुदै छ । यस फिल्ममा तापसी पन्नु, वाणी कपूर, फरदीन खान र आदित्य सिलले पनि अभिनय गरेका छन् । यो कमेडी फिल्म हो । यो फिल्मको अगाडिको चुनौती कम छैन, किनकि जोन अब्राहमको ‘वेद’ र राजकुमार राव र श्रद्धा कपूरको ‘स्त्री २’ सँगै रिलिज हुँदैछ ।

स्काई फोर्स 

अक्षय कुमारको ‘स्काई फोर्स’ अक्टोबर महिनामा रिलिज हुँदैछ । यो फिल्मलाई सन्दीप केलवानीले निर्देशन गरेका हुन् । यो एक एक्सन फिल्म हो, जुन भारतीय सेनाले गरेको पहिलो हवाई हमलामा आधारित छ । यो अक्टोबर २ मा रिलीज हुने यस फिल्ममा अक्षय कुमारका अलावा वीर पहाडियाले पनि काम गरेका छन् ।

वेलकम टू द जंगल

‘वेलकम टु द जंगल’ वर्षको अन्तिम महिना अर्थात डिसेम्बरमा रिलिज हुनेछ । जसलाई अहमद खानले निर्देशन गरेका हुन् । यो कमेडी फिल्म हो, जुन ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग हो । ‘वेलकम टु द जङ्गल’ मल्टिस्टार फिल्म हो, जसमा अक्षय कुमार बाहेक अर्शद वारसी, लारा दत्त, जोन अब्राहम, परेश रावल, रविना टण्डन र दिशा पटानी लगायतका कलाकारहरु देखिनेछन् । तर, मिडिया रिपोर्टका अनुसार यो फिल्मको रिलिज मिति परिवर्तन गरेर २०२५ मा धकेलिन सक्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै