• २०८१ असार ४ मंगलबार

नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

kharibot

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंका दुवैले एक एक अंक बाँडेका छन् । यो नेपालले यस विश्वकपमा हासिल गरेको पहिलो अंक हो ।

यो खेल हुन नसकेपछि श्रीलंका भने विश्वकपको समुह चरणबाटै लगभग बाहिरिएको छ । श्रीलंकाले यसअघि दुवै खेल हारेको थियो । अब नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ भने श्रीलंकाले जुन १७ मा नेदरल्याण्डससँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै